Agni Offset Press

नेविसंघ नेता जोशी केन्द्रीय सदस्यमा मनोनित

Aarati simant

अत्तरिया, ३ चैत : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का डण्डीराज जोशी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेविसंघमा सभापति शेरबहादुर देउवाले शनिबार दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा जोशी सहित थप ४१ जना सदस्य मनोनित गरेका हुन् ।
विद्यार्थी आन्दोलन सहित नेपाली कांग्रेस कैलालीको राजनीतिक आन्दोलन तथा सामाजिक क्रियाकलापमा अग्र मोर्चामा रहने नेता जोशी नास्ट कलेज धनगढी २०६७ का सभापति हुन् ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाबाट स्नातक तहको पढाई गरेका उनी हाल त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा नेपाल विद्यार्थी संघका जुझारु नेता हुन । त्रीवि व्यवस्थापन केन्द्रिय विभागबाट व्यवस्थापन संकायमा स्नातकोत्तर हालै सकेका जोशी विद्यार्थी राजनिती संगै त्रीवि राजनीतिशास्त्र केन्द्रिय विभागबाट राजनीति सास्त्रमा स्नातकोत्तर गरिरहेका छन ।
विद्यार्थीका मुद्धा सम्बोधन गराउने देखि शैक्षिक बेथिति बिरुद्ध आफु अझै सक्रिय भएर लाग्ने भन्दै संगठनले आफ्नो मुल्याकंन गरेकोमा जोशीले धन्यवाद दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.