
अत्तरिया : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रबिन्द्र के।सी।ले हुल दङ्गा,चक्काजाम,धर्ना नियन्त्रण गर्दा ध्यानदिन निर्देशन दिएका छन्। शनिवार नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर,कञ्चनपुरको स्थलगत निरीक्षण गर्दै प्रहरी नायव महानिरीक्षक केसीले कार्यरत प्रहरी कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।
उनले गणको कार्यालय भवन,बिभिन्न शाखाहरु, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए। निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरुले बोली ब्यवहारमा सुधार गर्नुपर्ने, गलत प्रवृत्तिका मानिसहरुसंग साँठगाँठ नगर्ने,ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्ने, प्रहरी आचरण बिपरितका कार्य नगर्न सुझाब दिए ।।
यस्तै, कुनै पिरमार्का गुनासाहरु भए नेपाल प्रहरी संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप अघि बढाउने,आर्थिक प्रलोभनमा नपर्ने,गोपनियता कायम राख्ने,सामाजिक सञ्जालको दुरुपयोग नगर्ने,मानव अधिकारको संरक्षण गर्दै कार्यसम्पादन गर्ने कार्यमा लाग्न निर्देशन दिएका छन्। विभिन्न किसिमका हुल दंगा, चक्का जाम,घेराउ,धर्ना जस्ता गतिविधीहरुको नियन्त्रण गर्ने कार्यमा खटिदा बल प्रयोगका सिद्धान्तलाई पालना गर्नुपर्ने बताएका छन्।
निर्देशनकै क्रममा उनले प्रहरी कर्मचारीहरुलाई व्यवसायिक,अनुशासित एवं कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिए।कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी लगायत नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु समेतको उपस्थिती रहेको थियो।
