Agni Offset Press

गोदावरी वडा नम्बर–४ को वडा कार्यालय निर्माण सम्पन्न

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ को वडा कार्यालय भवन निर्माणको कार्य सम्पन्न भएको छ । बसन्तपुरमा भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बसन्तपुर महिला सामुदायिक वनमा पूर्व पश्चिम राजमार्ग नजिकै भवन निर्माण गरेको हो ।

भवन निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । झण्डै नौ महिनाको अवधीमा निर्माण भएको एकतले भवन १९० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । आगामी वैशाख १ गते वास्तुपूजा सहित गृह प्रवेश गरि उत्त भवनबाट सेवा प्रवाह गरिने वडा अध्यक्ष हेमप्रकाश मल्लले जानकारी दिएका छन् ।

भवन निर्माणको गत असारमा पिके कन्ट्रक्सनले ८७ लाखमा ठेक्का लिएको थियो । सामुदायिक वनमा भवन निर्माण गर्न थालेको भन्दै विभीन्न स्तरबाट विरोध भएपछी झण्डै दुई महिना भवन निर्माणको काम स्थगीत भएको थियो । पछी सबै राजनितिक दलहरुले सहमति जनाएपछी भवन निर्माणको काम पुनः सुचारु भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.