Agni Offset Press

एमाले कञ्चनपुरको अध्यक्षमा बुढा र चन्दको उम्मेदवारी

Aarati simant

अत्तरिया : नेकपा एमाले कञ्चनपुरको जिल्ला अध्यक्षको लागि लक्ष्मी बुढा र अशोककुमार चन्दको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जना आकांक्षी थिए । ती मध्ये अन्य दुई जनाले पदाधिकारीमा उम्मेदवारी दिएपछि अध्यक्षमा बुढा र चन्दबिच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा पल्लवराज भट्ट, कर्णबहादुर चन्द र राधाकृष्ण जोशी (ज्वाला) ले प्रतिस्पर्धा गर्दै छन् । उपसचिवमा १० जनाको उम्मेदवारी परेको छ ।
प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकका अनुसार उपसचिवमा जगतबहादुर सिंह, भारमल सुनार, आरपी सार्की, कुमारी लक्ष्मी भट्ट, राजीव खड्का, केशवबहादुर चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द र चाँदनी धामी राना रहेका छन् । एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् ।
पछिल्लो निर्वाचन तालिका अनुसार आजै मतदानको समय निर्धारण गरिएको थियो । सहमतिको प्रयास भइरहेको हुँदा निर्वाचन तालिका संशोधन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.