Agni Offset Press

धनगढी र गौरीगंगाामा आर्थिक अवस्था कमजोरी भएका महिलालाई बीउपूँजि हस्तान्तरण

Aarati simant

धनगढी, ४ चैत : धनगढी उप महानगरपालिका तथा गौरिगंगा नगरपालिकाका दलित तथा सिमान्तकृत महिलालाई उद्यमी बन्न सघाउने उद्देश्यले बीउपूँजी हस्तान्तरण गरिएको छ ।
दलित महिलासंघेले दुई वटै पालिकाका विभिन्न वडामा गठन गरिएका महिला समुहका सदस्य मध्य १०\१० जनालाई छनौट गरी जनही २१\२१ हजारका दरले बीउँपूजी हस्तान्तरण गरेको हो । सो पूजी महिलाले उद्यमशिल क्षेत्रमा खर्च गर्नुपर्ने छ । समाजको सवैभन्दा कम्जोर आर्थिक अवस्था भएका महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले बीउपूँजी वितरण गरिएको फेडो कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए ।
उनका अनुसार बीउपूजी हस्तान्तरण अघि ती महिलालाई उद्यमशिल तालिम प्रदान गरिएको थियो । ‘स–सानो पूजीबाट कसरी व्यवसाय सञ्चालन गर्ने, व्यवसाय सञ्चालन गर्दा बजारको अवस्था कसरी मापन गर्ने, उत्पान गरिएको वस्तुको मुल्य कसरी मापन गर्ने, जस्ता विषयमा दुईवटै पालिकाबाट छनौटभएका समुहका महिलालाई तालिम प्रदान गरिएको थियो,’ घिमिरेले भने, ‘तालिम पाएका महिलालाई बीउँपूजी प्रदान गरिएको हो, यसले उहाँहरुलाई उद्यमी बन्न सहयोग मिल्ने छ ।’
बीउँपूजी पाएका महिलाले सो पूजी लगानी गरी एक बर्ष भित्रमै सो रकम आ–आफ्नो समुहमा फिर्ता गर्नुपर्ने छ । त्यसरी फिर्ता गरिएको रकम समुहले अर्को उद्यमी महिलामा लगानी गर्दछ । फेडो कैलालीकी अध्यक्ष सविना सुनारका अनुसार धनगढीका विभिन्न वडामा रहेका ५ वटा समुह मध्य एक समुहबाट २ जनाका दरले १० जना महिलालाई छनौट गरी रकम हस्तान्तरण गरेको हो ।
सुनारले दलित महिलाहरुलाई अधिकार मात्र नभएर अव आत्मनिर्भर पनि हुन आवश्यक रहेको बताईन् । ‘अधिकार मात्र दिएर केहि हुँदैन’, उनले भनिन् । ‘दलित महिलाहरु अधिकार संगै क्षमता अभिवृद्धि पनि गर्न आवश्यक रहेको छ ।’ उपमहानगरको संयोजनमा वडा नम्बर १, ३, ५, १२ र १८ का महिलाहरुलाई रकम दिएको हो ।
यसैगरी गौरिगंगा नगरपालिका वडा नम्बर–३, ६, ७, ८ र ९ बाट दुई\दुई जना महिला छनौंट गरी उनिहरुलाई पनि एक कार्यक्रमका विच आइतबारनै बीउँपूजी हस्तान्तरण गरिएको फेडो कैलालीकी सचिव अम्बिका ताम्राकारले बताइन् ।
रकम बुज्दै धनगढी उपमहानगरपालिका–१ शान्तिनगर की दुर्गा विकले उपलब्ध रकमले बाख्रा पालन गर्ने बताईन् । बाख्रा पालनबाट आफ्नो घर खर्च चल्ने उनले विश्वस गरिन् । बीउँपुजि हस्तान्तरण कार्यक्रममा उपमेयर रानाले सानो पुँजिबाट पनि धेरै काम गर्न सकीन्ने हुँदा इमान्दार भएर काम गर्न अनुरोध गरिन् । ‘सानो पुँजिबाट पनि उद्यमी बन्न सकीन्छ’, उनले भनिन् । ‘लगनशिल भएर काम गरेमा पक्कै पनि अगाडि बढ्न सकीन्छ ।’ दलित महिलाहरुले पनि अव उद्यमशिलता बनाउन फेडो संस्थाले बीउपुँजि सहयोग गरेकोप्रति उनले संस्थालाई ध्यानवाद समेत दिइन् ।
कार्यक्रममा सामाजिक शाखा प्रमुख टंक विष्टले उपलब्ध लगानी खेर नजाने गरि आत्मनिर्भर बन्न आग्रह गरे । लगानी अनुसारको प्रतिफल पनि दिन आवश्यक रहेको उनले बताए । यस्तै गरी उपमहानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले न्यून आए भएकाहरुलाई यस पुँजिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै गरी प्रशासन शाखा प्रमुख सुरेन्द्र कार्कीले व्यवसायीक बन्नका लागि नमुनाका रुपमा काम गर्न आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन फेडोका कार्यक्रम संयोजक विनोद घिमिरेले गरेका हुन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.