Agni Offset Press

एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा मैदानमा

Aarati simant

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु भएको छ। सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो। गत बिहीबारदेखि महेन्द्रनगरमा सुरु भएको एमाले कञ्चनपुरको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढेको एमाले नेताहरूले बताएका छन्।

एमाले नवौँ जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए। उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा चुनावी मैदानमा होमिएका छन्। उपाध्यक्ष, सचिव एवं उपसचिवसहित सदस्यहरूमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन्। यसअघि अध्यक्षका लागि पाँचजना देखिएका थिए। हरिप्रसाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए।
अन्ततः अन्य तीनजना जोशी, चन्द र भट्ट ब्याक भएसँगै अब चन्द र बुढाबीच प्रतिस्पर्धा हुने भएको छ। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठौँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने चन्द सचिवमा पराजित भएका थिए।

अध्यक्षका लागि देखिएका कञ्चनपुरका युवा नेता हरिप्रसाद जोशीले आफू सच्चा एमाले कार्यकर्ता र कुनै पनि गुटको भक्त नभएकाले अध्यक्षका लागि उम्मेदवारी दर्ताबाटै वञ्चित भएको बताए। अध्यक्षका लागि देखिएका हिरा चन्दले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। चन्दसहित विष्णुदत्त अवस्थी, विष्णु कँडेल, जनकराज अवस्थीले उम्मेदवारी दिएका हुन्। अध्यक्षकै लागि देखिएका पल्लवराज भट्टले सचिवमा उम्मेदवारी दिएका छन्। भट्टसहित राधाकृष्ण जोशी ९ज्वाला० र यसअघि उपसचिव रमेशका कर्ण चन्दले सचिवमा दिएका हुन्।

दुई उपसचिवका लागि १० जना देखिएका छन्। जगतबहादुर सिंह, राजीव खड्का, भारमल सुनार, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह सार्की, खिमा चन्द, आरपी सार्की, केशव चन्द र चाँदनी धामी ९राना० देखिएका छन्। सदस्यतर्फ समेत सयौँ उम्मेदवारी परेको छ।

केही पदहरुरूमा एकल उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कमिटीले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारी सूचीअनुरूप लेखा कमिटीतर्फ उपाध्यक्षबाहेक ६ पदमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष प्रेमराज अर्याल, सचिव शंकर जोशी, सदस्यहरू केशवसिंह ऐरी, परशुराम पन्त, सन्ध्या पन्त, बालादेवी नाथ, निर्विरोध निर्वाचित भएका छन्।

बेलडाँडी गाउँपालिबाट तीनैजना निर्विरोध निर्वाचित भएका छन्। हरिप्रसाद जोशी, वसन्ती जैसी र लक्ष्मण भाट जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। लालझाडी भूगोलमा महिलातर्फ रजिता राना, अल्पसंख्यकतर्फ हरिदत्त भट्ट निर्विरोध भएका छन्। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चार सय ६४ मतदाता छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.