Agni Offset Press

एमाले कञ्चनपुर नेतृत्वमा लक्ष्मी बुढाका नाममा सहमती

Aarati simant

अत्तरिया : नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरिएपछि विरोध भएको छ । नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको एक नेताले बताए ।
अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

चन्दले अधिवेशन प्रतिनिधिको भावना विपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताए । चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने मागकाबीच अघिल्लो अधिवेशनमा जिल्ला कमिटि सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएपछि विरोध भएको एक नेताले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.