Agni Offset Press

कर्णाली पुलमा एक सातापछि सवारीसाधन सञ्चालनमा

Aarati simant

अत्तरिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आज सोमबारबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
केहि समय एकतर्फी मात्रै यातायात सञ्चालन हुनेछन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट एकतर्फी यातायात सुरु गरिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.