Agni Offset Press

धनगढी नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रशासनमा सुरक्षा माग गर्दै निवेदन

Aarati simant

अत्तरिया : धनगढी नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।

राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत् सुरक्षा व्यवस्था गर्न निवेदन पेस गरेका छन्। प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय पठाइएको बताए। प्रहरी प्रवक्ता कुलदीप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए। उनले व्यक्तिसँग छलफलपछिमात्र धम्की कारण थाहा हुने बताए।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.