Agni Offset Press

निसर्ग डेन्टलमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा निःशुल्क परीक्षण

Aarati simant

धनगढी : निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि चैत ६ गतेदेखि १६ गतेसम्म निःशुल्क दन्त परीक्षण र परामर्श गर्ने भएको छ ।

मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहे मात्र अन्य कुरामा पनि स्वस्थ रहन सकिन्छ भन्नेबारे जनमानसमा सचेतना जगाउन र नियमित चेक जाँचको लागि प्रोत्साहन गर्न पनि यो दिवस मनाउन लागेको हस्पिटलकी दन्त रोग विशेषज्ञ डा.ज्योत्स्ना पौड्यालले बताए ।

यस्तै निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले चैत १६ गतेसम्म निःशुल्क ओ।पी।डी सेवा र ६० वर्ष माथिका व्यक्तिलाई सम्पूर्ण दन्त सेवाहरूमा २५ प्रतिशत सम्म छुटदिईने हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले बताए । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । ’एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नारासाथ यस वर्ष यो दिवस मनाइँदै छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.