Agni Offset Press

बझाङ उपनिर्वाचनका लागि काँग्रेसद्वारा दश जनाको नाम सिफारिस

Aarati simant

बझाङ : बझाङ १ मा काँग्रेसबाट अभिषेकबहादुर सिंह सहित १० जनाको नाम सिफारिस गरेको छ । बझाङ १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट १० जनाको नाम सिफारिस गरेको हो ।
केन्द्रीय समितिको परिपत्र अनुसार ३ जनाको नाम सिफारिस गर्न भने पनि बझाङ जिल्ला समितिको बसेको बैठकले १० जनाको नाम सिफारिस गरेको हो ।
पार्टीको मर्यादाक्रम अनुसार सिफारिस हुनेमा सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, जगतप्रसाद जोशी, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल, अर्जुन स्याडा रहेका छन् । पार्टी कार्यालय बझाङमा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् । सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय समिति र प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव झलक कठायतले जानकारी दिए । जिल्ला समितिको बैठकमा सबैको नाम केन्द्रमा पठाइएको उनको भनाइ छ । कठायतले भने ‘समयको माग र नेता कार्यकर्ताहरूको योगदानका आधारमा जिल्ला समितिले सबैको नाम पठाएको हो ।
गत असार ५ गते गृह जिल्ला बझाङ आउने क्रममा केदारस्युँ गाउँपालिका वडा नम्बर ४ को धारछडा भन्ने ठाउँमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री स्व.पृथ्वी बहादुर सिंह लगायत उहाँकी धर्म पत्नी अमृता देवी सिंह र भाउजू जया देवी सिंहको कार दुर्घटनामा पनि मृत्युु भएको थियो । बझाङबासीका आसा भरोसाका केन्द्र बिन्दु मानिने स्व मन्त्री सिंहका जेष्ठ छोरा अभिषेकबहादुर सिंह पनि बिगत २०५७ साल देखि नेविसंघ राजनीति गर्दै तरूणदल क्षेत्रीय सभापति हाल नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.