
अत्तरिया : कैलालीको ‘गोदावरी क्षेत्र’ धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण हो । यो क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । यहाँ धार्मिक महत्वका साथै पिकनिक खान आउने समेत बढ्न थालेका छन् । महाभारत लेकको फेदमा रहेको गोदावरीमा अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुँइचो हुने गरेको छ । कैलालीको गोदावरी नगरपालिकामा अवस्थित अत्तरिया बजारदेखि ७ किमिको दूरीमा यो क्षेत्र रहेको छ । गोदावरीलाई सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा पनि लिइन्छ ।
सुदूरपश्चिमका पहाडका जिल्लाहरूलाई जोड्न दशकौँ पुरानो काठको पुल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्ने गरेको छ । काठेमा पुलमा सेल्फि खिच्नका लागि त्यहाँ पुग्ने गरेका छन् । पुल पुरानो भएपछि त्यसको विकल्पमा नयाँ पक्की पुल निर्माण गरिएको छ । पुरानो जीर्ण भए पनि पुल धेरैको रोजाइमा पर्ने गरेको स्थानीयहरुले भन्दै आएका छन । यहाँ पुगेपछि काठको पुलमा नपुग्ने कोही हुँदैनन् ।’ पुलको रङरोगन, दायाबाया जाली सँगै २१ ओटा नेपाली राष्ट्रिय झण्डा अझ फहराईरहेका छन ।
गोदावरीको माथिल्लो क्षेत्र पहाड र तल्लो क्षेत्रमा तराई रहेको छ । यहाँ विभिन्न मठमन्दिर शक्ति पीठहरूका साथै नेपालकै अग्लो हनुमानको मूर्ति छ । यहाँ हरेक वर्ष कुम्भ र महाशिवरात्रि मेला लाग्ने गर्छ । गोदावरी क्षेत्रभित्र क्रमिक रूपमा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दो छ । घुमघाम र शान्त वातावरणमा खानपिनका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ ।
यो पुल धेरै वर्षअगाडि बनेको हो । करिब १०–११ वर्षअघि यसको छेउमै पक्की पुल बन्यो । यसपछि यो काठे पुलमा मोटरगाडी चल्दैनन् । तर धनगढी आउने स्वदेशी पर्यटकदेखि सुदूरपश्चिमका नौ वटै जिल्ला र भारतका केही ठाउँबाट पनि पर्यटक यहाँ आउँछन् ।
गोदावरीलाई सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा पनि लिइन्छ । गोदावरीबाट सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा सुरू हुन्छ । गोदावरीमा हरेक दस वर्षमा एक महिनासम्म कुम्भ मेला लाग्ने भएकाले पनि यसको धार्मिक महत्व बढी छ । यहाँ विभिन्न मठमन्दिर र शक्ति पीठहरूका साथै नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ ।
गोदावरी क्षेत्रभित्र पछिल्लो समय क्रमिक रूपमा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दो छ । अझ गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी तोकिएपछि यो क्षेत्रको महत्व अझै बढेको हो । गोदावरी नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल स्थानीयले पुल मर्मत र अन्य क्रियाकलाप गर्नका लागि सडक बिभाग अन्तरगत पर्ने भएकाले वडा बाट त्यसका लागि आफुले पहल गर्ने बताए । ‘गोदावरीको पुरानो पुल पर्यटकको मुख्य आकर्षण क्षेत्र भएकोले यसलाई गोदावरीको पर्यटकीय पुलका रुपमा विकास गर्न सकिन्छ ।’ वडा अध्यक्ष मल्लले भने, ‘यसका लागि गोदावरी नगरपालिकाले गोदावरी एकिकृत विकासका लागि बजेट छुट्याएर जाली तटबन्धनको काम भएको छ ।
