Agni Offset Press

अत्तरियामा सञ्चालन भएको महोत्सव समापन भएको २ महिनापछि आयव्यय सार्वजनिक, झण्डै २४ लाख नाफा

Aarati simant

अत्तरिया, ६ चैत : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सम्पन्न भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव समापन भएको दुई महिनापछि मंगलबार आयव्यय सार्वजनिक गरेको हो ।
गएको पुष २६ गतेदेखि माघ ६ गते सम्म अत्तरियामा सञ्चालन भएको थियो । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा जम्मा ९० लाख ३० हजार ४ सय १० रुपैयाको कारोबार भएको जानकारी दिएको छ । संघका कोषाअध्यक्ष हेमराज भण्डारीले महोत्सवको खर्च कटाएर झण्डै २४ लाख बचत भएको बताए ।
२३ लाख ९८ हजार ७० रुपैया बचत भएको छ भने ५३ लाख ६८ हजार ५ सय ५० रुपैया टिकटबाट आम्दानी भएको छ । गत वर्ष आयोजना गरिएको महोत्सवमा संघले १० लाखको हाराहारीमा नाफा कमाए थियो भने गत वर्ष टिकट बिक्रीबाट २४ लाख ४४ हजार आम्दानी भएको थियो ।
महोत्सवमा टिकट बिक्रीबाट हुने आम्दानी यसपाली भने दोब्बरले बढेको छ । विगतका बर्ष भन्दा यो बर्षमा सञ्चालन गरिएको महोत्सवबाट संघले राम्रो आम्दानी गरेको छ भने हरेक विवरणहरु प्रष्टरुपमा सार्वजनिक गरेको छ । महोत्सवमा ६६ लाख ३२ हजार ३ सय ४० रुपैया खर्च भएको छ । सबैभन्दा बढी १७ लाख ३८ हजार ८ सय कलाकारमा खर्च भएको छ । त्यस्तै १५ लाख ३५ हजार १ सय ३७ रुपैया अझै उठन बाँकी पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै ५ लाख ८७ हजार २ सय ६१ रुपैया तिर्न बाँकि रहेको संघले जनाएको छ ।
संस्थाका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले महोत्सव सफल पार्ने सवैलाई धन्यवाद दिदै अहिलेको महोत्सव नयाँ कार्य समितिको लागि सिकाई भएको र अब बिगतको कमि कमजोरीलाई सच्चाएर अघि बढने बताए । नक्कली टिकट ठेली प्रकरणको बारेमा अनुसन्धान जारी रहेकाले अहिले नै केही बोल्न नसकिने उनको भनाई छ । पत्रकार सम्मेलनमा संघको कार्य समितिका १५ जना मध्ये ९ जनाको उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बमबहादुर बोगटीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शंकर खड्काले गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.