
अत्तरिया : ग्रामीण समुदायका महिलाहरु कुनै समय घरको चुलोचौखोमा मात्रै सीमित थिए । अहिले आएर उनीहरु आफैमा आत्मानिर्भर भइरहेका छन् । महिलाहरुलाई यसमा सप्रोस नेपाल नामक एक गैह्र सरकारी संस्थाले पनि सहयोग गरिरहेको छ । सप्रोस नेपालले ग्रामिण समुदायका सिमान्तकृत महिलाहरुलाई केही सीपमुलक तालिमहरु दिइएको थियो । त्यही तालिम मात्रै सिमान्तकृत महिलाहरु आफैमा आत्मनिर्भर हुनुका साथै आफैमा परिर्वतन समेत हुँदै गइरहेका छन् ।
कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १० की प्रवित्रा कुमारी चौधरी पहिले आफनो परिचय दिन समेत हिच्किचाउँथिन् । तर अहिले उनलाई त्यो समस्या छैन । सप्रोस नेपालले उनलाई अहिले बोल्न सकिएको छ । अहिले कुराकानी गर्नदेखि परिचय दिन समेत सजिलो भएको बताउँछिन् ।
‘पहिला नगरपालिकामा आउन समेत डर लाग्थ्यो । नगरपालिकामा आइहाले पनि दर्ता कसरी गर्छन् भने समेत थाहा दिएन् । अहिले सबै कुरा थाहा भइसक्यो,’ उनले भनिन् । यस संस्थाले यस्तै सहयोग गर्दै गइरहयो भने हामीहरु अझै अगाडि बढ्न सक्ने उनले बताइन् । कृषिकलाई चाहिने सबै सामाग्रीहरु समेत यस संस्थाले उपलब्ध गराएको उनले बताए ।
सप्रोस नेपालले छोटो समयमा नै धेरै कुराहरु सिकाएको र सिकने मौका समेत दिइएको जानकी गाउँपालिका वडा नम्बर १ की रिना चौधरी बताउरँछिन् । यस संस्थाले गर्दा बेमौसमी तरकारी खेतीतर्फ पनि आकर्षण बढाएको उनले बताइन् । ‘म कहिलै तरकारी लगाउँदैन थिएँ, सप्रोजले गर्दा अहिले चार कट्टासम्म तराकारी लगाए,’ उनी भन्छिन्, ‘तरकारीको बारेमा जानकारी पाएँ । बिउँ उमार्ने, बेर्ना सार्नेदेखि बजारीकरण कसरी गर्ने भन्ने सिकाइयो । तरकारी, कुखरा, भैसीपालन, कुखुरा कटिङ्ग र बीमा सम्बन्धी थुप्रै तालिम पाइयो । सप्रोजले गर्दा पालिकामा गएर कृषि सम्बन्धीका कार्यक्रमहरुको बारेमा जानकारी राख्ने गरेको समेत उनले बताइन् ।
गोदवारी नगरपालिका वडा नम्बर ६ की दिलमाया कार्की पनि पहिला मजदुरी गर्दै आइरहेकी थिइन् । तरकारी खेतीपाती उनको खासै चाँसो थिएन् । सप्रोज नेपालले गर्दा उनको जीवननै परिवर्तन भएको छ । सप्रोजले तरकारी खती सम्बन्धी तालिम दिएपछि अहिले उनी तरकारी खेती गरेर घर खर्च चलाइरहेकी छन् । सानो १ कट्टा जमिनमा उनले २५ कट्टासम्म तरकारी फलाएर बेच्चेको उनले बताइन् ।
सप्रोज नेपालले सुदूरपश्चिममा चार वर्षदेखि काम गर्दै आइरहेको छ । यस संस्थाले कैलाली र दार्चुला गरेर दुई जिल्लामा चार वर्षदेखि काम गर्दै आइरहेको हो । कैलालीका ६ वटा पालिकामा काम गर्दै आइरहेको सप्रोज नेपालले जनाइएको छ । सप्रोजको परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिका, गोदवारी, गौरीगंगा, घोडाघोडी, जानकी र कैलारीका पालिकामा परियोजना सञ्चालन गरिएको थियो । जसमध्ये ६ वटा पालिकामा परियोजना सञ्चालन मार्फत चार करोड ३३ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।
परियोजना मार्फत महिला समूह बनाएर बिउँबिजन, सिचाई सुविधा, उत्पादित तरकारी व्यवस्थापन र कृषि प्रविधिमा छापो सामाग्री समेत वितरण गरेको थियो ।
परियोजनाले समूह गत महिलाहरुलाई च्याउ खेती, पशुपालन तथा व्यवस्थापन, मोवाइलमा मौसम तथा कृषि एप्स संचालन, उत्पादन बजारीकरण तथा व्यवसाय र कृषि बीमा सम्बन्धी तालिम दिइएको थियो । जसमध्ये तीन हजार ३८ जना महिलाहरु लाभान्वित भएका थिए । पछाडि परेका महिलाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको सप्रोज नेपालका कार्यकारी निर्देशक एकराज ओझाले बताए । सप्रोजले ३३ वर्षदेखि विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको उनले बताए ।
यस संस्थाले पिछडिएका क्षेत्रहरुमा काम गर्दै आइरहेको र अझै भन्नुपर्दा सिमान्तकृत समुदायका महिलाहरुलाई कसरी उकास्न सकिन्छ भने उद्देश्यलाई लिएर संस्थाले काम गरिरहेको उनको भनाइ छ । सिमान्तकृत समुदायका महिलाहरुलाई उद्यम महिला प्रवर्धन गर्न, कृषिमा महिलाको सहभागिता, लैगिक समानता र महिलाहरुलाई बजारीकरण गर्नका लागि आयआर्जनमा टेवा पुग्ने र पुरुष सरह प्रगति गर्न सकुन भने उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए ।
घोडाघोडी नगरपलिकाका नगर प्रमुख खड्कबहादुर रावतले सप्रोजले छोटो समयमा पनि एकदमै सह्रानीय काम गरेको बताए । उनले तीनै तहका सरकारले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भएपनि अझै राज्यले केही गर्न सकेन भन्ने सन्देश गइरहेको भन्दै दुःख व्यक्त गरे ।
राज्यले कृषि सम्बन्धी थुप्रै काम गरेकाले महिलाहरुले चासो राख्न आवश्यक रहेको उनले बताए । कृषिकलाई आफूहरुले धेरै सूचनाहरु आव्हान गरेको भएपनि अहिलेसम्म गठन भएका समूह नआएको उनले दाबी गरे । सप्रोजले लगानी धेरै गरेको भएपनि लगानी अनुसारको निरन्तरता दिन सकेनौं भने त्यो लगानीको कुनै पनि अर्थ नरहने उनले बताए । सप्रोजले दिएको ज्ञान, सीप र उपकरणलाई भरपूर उपयोग गरेर उत्पादनलाई निरन्तरता दिन सकियो भने मात्रै गरिबी अन्त्य हुने उनको भनाइ छ ।
