Agni Offset Press

मालिका यातायात प्रालिको पाँचौ बार्षिक साधारणसभा

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको मालिका यातायात प्रालिको पाँचौ बार्षिक साधारणसभा सुरु भएको छ । बुधबार अत्तरियामा एक कार्यक्रमका बीच सभा सुरु भएको हो । मालिका यातायात प्रालिका अध्यक्ष जयबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभासदस्य प्रकाशबहादुर बम प्रमुख अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा विभिन्न यातायातका प्रतिनिधि, यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
पुर्ण सिहँ खत्रीले शुभकामना मन्तब्य राखेको कार्यक्र्रमको सञ्चालन समितिका महासचीव राजेन्द्र खड्काले गरेका थिए । साथै आज नै बन्दसत्रबाट नयाँ कार्यसमिति चयन हुने जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.