अत्तरिया : कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा प्रयोग भएका केही टिकटका ठेलीहरु नक्कली भएको पुष्टि भएको छ । प्रहरीले अनुसन्धानको लागि केन्द्रिय प्रयोगशालामा पठाएको थियो । उक्त रिपोर्ट नक्कली नै भनेर आएको प्रहरीले जानएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघले गत पुषमा सञ्चालन गरेको महोत्सवमा २५ बढी नक्कली ठेली फेला परेका थिए । संघका महासचिव शंकर खड्काले नै ती ठेली टिकट काट्ने क्रममा बरामद गरेको थियो ।
बरामद ठेली प्रहरीलाई संघले बुझाएको थियो । घटनाको छानबिनको माग गर्दै संघले प्रशासनमा उजुरी दिएको थियो ।