Agni Offset Press

कञ्चनपुरका विपिनको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

Aarati simant

अत्तरिया : कञ्चनपुरमा विपिन जोशीको रिहाइको माग गर्दै परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि बिहिबार उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए।
प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको छ। तर, अहिलेसम्म उनलाई रिहा गरेको छैन।

माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र संसदीय दलका नेता मानबहादुर धामीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन्। हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरिएको हो।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.