Agni Offset Press

गोदावरी नगरबाट एक युवती लागुऔषधसहित पक्राउ

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरमा एक जना युवती लागुऔषधसहित पक्राउ परेकी छन्। गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने ४० मिलिग्रामसहित दाङको घोराही उपमहानगरपालिका–११ दुम्मरकी २४ वर्षीया शिखा डागीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.