Agni Offset Press

बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी

Aarati simant

बझाङ : बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा शुक्रबार राति आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले ६ कोठे पक्कि घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा शुक्रबार राती साढे ११ बजे अचानक बिद्युतको तार सर्ट भई आगलागी भएको बताए । आगलागिबाट उक्त पसल र घर भित्र रहेका सम्पुर्ण सर सामानहरु पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

आगलागि राती नै जयपृथ्वी नगरपालिकाको दमकल,प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण भने आउन भने बाँकि रहेकोे छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.