Agni Offset Press

धनगढीको फिस रिसोर्टमा वाटर साइकल सञ्चालनमा

Aarati simant

धनगढी, २५ चैत : धनगढी उपमहानगरपालिका–३ बडहरामामा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा वाटर साइकल सेवा सञ्चालनमा ल्याएको छ । आइतवारदेखि रिसोर्टमा वाटर साइकलिङ सेवा सञ्चालन ल्याएको हो । एक दशकदेखि सञ्चालित रिसोर्ट थप व्यवस्थापनसहित सञ्चालन भएपछि विभिन्न सेवा थपिएका छन । सोही अनुरूप सुदूरपश्चिममै पहिलो वाटर साइकलिङ सेवा सुरु भएको हो । वाटर साइकलिङ सेवाको कैलाली पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् ।
रिसोर्टमा बोटिङ, तालमाथि जिपलाइन्, वाटर बल लगायत मनोरञ्जनका लागी थुप्रै सेवाहरू थपिएका छन । बच्चा देखि वृद्धसम्मलाई एउटै ठाउँमा मनोरञ्जन दिने आयामका रूपमा रिपोर्ट सञ्चालन गरिएको रिसोर्टका व्यवस्थापक राम थापाले बताए । बोटिङको प्रतिव्यक्ति एक सय, जिप लाइनको दुई सय र वाटर बलको तीन सय रुपैयाँ शुल्क रहेको उनले जानकारी दिए । सिंगल वाटर साइकलिङको तीन सय र कपल वाटर साइकलिङको पाँच सय रुपैयाँ शुल्क राखिएको छ ।

वाटर साइकलिङको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले वाटर साइकलिङले धनगढीमा आन्तरिक सँगै बाह्य पर्यटक तान्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यस सँगै पर्यटकको रोजाइमा पर्ने थप सेवाहरू समेत बिस्तार गर्न उनले सुझाव दिए । सुदूरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले दिइरहेको सञ्चालक करिना अन्सारीले बताइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.