संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टीका पदाधिकारीको बैठक आह्वान गरेका छन् । बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बिहान ८ बजे बस्ने बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी रहनेछन् । आजको बैठक कांग्रेसले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलका नेता देउवाले आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि सरकारमा रहेको कांग्रेस सत्तासमीकरणमा आएको परिवर्तनका कारण सरकारबाट बाहिरिएको छ । नयाँ सत्ता गठबन्धनको तर्फबाट उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

गृहमन्त्री लामिछाने माथि ‘सहकारीको रकम अपचलन’ बारे संसदीय छानबिन समिति बनाएर प्रभावकारी रुपमा छानबिन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरोध गर्दै आएको हो । यसअघि समिति गठन नभएसम्म संसद चल्नै नदिने अडान लिएको कांग्रेसले आजको बैठकमा सोही बारेमा निर्णय लिनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.