भारतीय राजदुतावासबाट धनगढी उपमहानगरलाई एम्बुलेन्स सहयोग

अत्तरिया : भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको आमा बचाउ कार्यक्रमका लागि टाईपबी एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिकाकी स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.