अत्तरिया, १३ बैशाख : गेटा अस्पतालमा करार सेवामा कर्मचारी भर्ना गर्न परीक्षा तालिका सार्वजनिक गरिएको छ । अस्पतालले बैशाख २६, २७ र २८ गते लिखित परीक्षा हुने तालिका सार्वजनिक गरेको हो ।
यसअघि अस्पतालले गत चैत १४ देखि बैशाख ४ गतेसम्म स्टाफ नर्स लगायतका २६ सिटमा आवेदन दिन विज्ञापन खोलेको थियो । अस्पतालले १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३÷३ जना तथा फिजियोथेरापी सहायक १ जनाका लागि आवेदन खुलाएको थियो । प्रकासित तालिकामा अस्पतालले फार्मेसी सहायको लिखित परीक्षा बैशाख २६ गते बिहान ८ बजेदेखि हुने जनाएको छ ।
यसैगरी, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फिजियोथेरापी सहायकको परीक्षा बैशाख २७ गते बिहान ८ बजेदेखि तथा स्टाफ नर्सको लिखित परीक्षा बैशाख २८ गते बिहान ८ बजेबाट हुने अस्पतालले जनाएको छ । परीक्षा केन्द्र भने अस्पतालमै कायम गरिएको छ भने परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि नै उम्मेदवारले प्रवेश पत्र लिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
सम्बन्धित पाेस्टहरु