आर्थिक अवस्था कमजोर भएकी बडूलाई अत्तरियाको लोटस स्कूलले निःशुल्क पढाउँदै

अत्तरिया, १४ बैशाख : दार्चुलाको ब्यास गाउँपालिका–५ धौलाकोटका कृष्णा नन्द बडु चार वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा लागि दुबई गएका थिए । उनको २०७९ साल कार्तिक ६ गते रहस्यमय मृत्यु भयो । उनको मृत्यु भएपछि बडु परिवार सहारा विहिन भयो । मृतकका १८ वर्षीय छोरा प्रेमराज बडूले बुबाको मृत्युको कारण खोज्दै सरकारी निकाय गुहारे पनि पत्ता लाग्न सकेन् ।
पढाइका लागि आमासँग तराई झरेका प्रेम राज बडु र उनकी बहिनी हेमा बडुलाई आर्थिक अभावले पढाइ नै छोड्नुपर्ने अवस्था सिर्जना भयो । अहिले उनीहरू गोदावरी नगरपालिका वडा नं २ मा डेरामा बस्दै आएका छन ।

आर्थिक अभावले पढाइ छोड्नुपर्ने अवस्था सिर्जना भएको विषयको जानकारी पाएपछि अत्तरियाका युवा नेता पुष्पराज सुवेदीले प्रेमराजकी बहिनि हेमा बडुको सहज शिक्षाका लागि लोटसआई माध्यमिक विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्न समन्वय गरि दिएका थिए । लोटसआई विद्यालयले हेमा कक्षा ६ देखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ । यसबाट बडु परिवारले ठूलो राहत महसुस गरेको छ ।

यस्तै अत्तरिया लोटस गल्लीमा रहेको विशाल सुट हाउसले हेमाको शिक्षामा सहजता होस भन्ने उदेश्यसका साथ २ थान विद्यालयको पोसाक, शैक्षिक सामग्रीहरु र नगद दुई हजार आर्थिक सहयोग पनि गरेको छ । आर्थिक समस्या भएकी हेमा बडुले अत्तरिया क्षेत्रको पुरानो, गुणस्तरीय र उत्कृष्ट विद्यालयमा भर्ना हुन पाउँदा धेरै खुशी भएकी बताईन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.