गोदावरी नगरपालिकाद्वारा संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नलिन र स्वीकृत पाठ्यपुस्तक अनिवार्य लागू गर्न निर्देशन
अत्तरिया, १६ बैशाख : कैलालीको गोदावरी नगरपालिका शिक्षा शाखाले उच्च शुल्क नलिन र स्वीकृत पाठ्यपुस्तक अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।
गत महिनाको आइतबार जारी गरेको सूचना अनुसार यस पालिका भित्र संचालित संस्थागत विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक अनिवार्य रुपमा लागू गरी एकपटक लागू गरिएको पाठ्पुस्तक कम्तिमा ४ वर्षसम्म परिवर्तन गर्न नपाउने भनि सूचना जारी गरेको छ ।
त्यस्तै गरी विद्यार्थीहरुबाट लिंइदै आएको शुल्क वृद्धि गर्नुपर्ने भएमा शैक्षिक सत्रको प्रारम्भमा अनिवार्य रुपमा नगरपालिकाबाट अनुमति लिनु पर्ने समेत जानकारी गरेको छ । गोदावरी नगर कार्यपालिकाको कार्यालय शिक्षा, युर्वी खेलकुद शाखा प्रमुख प्रयागराज जोशीद्वारा हस्ताक्षरित सूचना सबैले पालना गर्न सबैलाई अनुरोध गरेका छन ।