Agni Offset Press

खप्तडमा वैशाख २१ देखि साइकलयात्रा गरिँदै

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।

खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दानबहादुर थापाले जानकारी दिए । यही वैशाख २१ देखि २८ गतेसम्म साइकलयात्रा गर्ने गरी तयारी भएको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०\८१ मा रु १० लाख बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए ।

सो साइकलयात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको थापाको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०\८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणी धामसम्म ४.५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित रु ९९ लाख ९९ हजार ६७५ बजेट विनियोजन गरिएको एकाइ कार्यालयले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.