Agni Offset Press

अत्तरिया साना शहरी खानेपानी संस्था द्वारा गोदावरी नगरका विभिन्न ८ ठाउँमा फायर हाइड्रेन्ट सञ्चालनमा

Aarati simant

अत्तरिया, १६ बैशाख : कैलालीको गोदावरी नगरपालिका विभिन्न ८ ठाउँमा आगलागी हुँदा प्रयोग हुने फायर हाइड्रेन्ट राखिएको छ ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फायर हाइड्रेन्ट राखेको हो । फायर हाइड्रेन्टको आईतबार परीक्षण समेत गरेको संस्थाका अध्यक्ष टिकादत्त जोशीले जानकारी दिए ।
गोदावरीमा पनि बस्ती बढ्दै गएको त्यसले गर्दा आगलागि हुने जोखिम रहेको हुँदा फायर हाइड्रेन्ट जडान गरिएको उनले बताए । ‘पछिल्लो समय नागरिकहरुको लापरवाहीले गर्दा यत्रतत्र आगलागिका घट्नाहरु भईरहेको हुँदा फायर हाइड्रेन्ट जडान गरिएको हो ।’, उनले भने ‘आईतबार परीक्षण समेत गरेको छ । यसबाट १० मिनेटमै दमकल भरिन्छ ।’ अत्तरियामा आगलागि भएमा खुटिया वा गोदावरी नदी पुग्दा समय लाग्छ तर, फायर हाइड्रेन्टबाट पानी भरेमा एकछिनमै भर्न सकीन्ने उनको भनाई रहेको छ । नगरको मनहरा, एक नम्बर वडा कार्यालय अगाडि, अत्तरिायको पुर्वी रोडमा रहेको प्रहरी कार्यालय अगाडि लगायत ८ ठाउँमा फायर हाइड्रेन्टको व्यवस्था गरिएको हो । ‘दमकल सञ्चालन गर्ने व्यक्तिको हातमा फायर हाइड्रेन्ट खुल्नका लागि चावि दिएको हुन्छ ।’, उनले भने । ‘हामी नभएको समयमा पनि खुलेर पानी भर्न पाउन्छन ।’
यसले गर्दा आगलागि भएको क्षेत्रमा नोक्सान कम हुने जोशीले बताए । फायर हाइड्रेन्टलाई प्रयोगमा ल्याउनका लागि खानेपानी पाइपलाइनसँग जडान गर्नुका साथै मुखसमेत बन्द गर्नुपर्छ । आगलागी हुँदा दमकलले फायर हाइड्रेन्टमा पाइप जडान गरी पानी भर्न पाउँछ । फायर हाइड्रेन्ट प्रयोग गर्न मिल्ने भएपछि आगलागीका समयमा दमकललाई पानी खोज्ने समस्या रहँदैन ।
२०५८ सालमा स्थापना भएको खानेपानी संस्थाले गोदावरीमा विभिन्न रचनात्मक काम गर्दै आएको छ । हाल यस संस्थामा ५ हजार बढी उपभोक्ता रहेका छ्न् । संस्थाले गोदावरी नगरपालिकाको समन्वयमा बसपार्क, अत्तरिया पुर्व रोडको प्रहरी कार्यालय अगाडि शुद्ध खानेपानीको समेत व्यवस्था गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.