अत्तरिया : कैलालीको लम्कीमा एक किसानको उखुबारीमा आगलागी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ पिपरकोटीका गणेश तिमिल्सेनाको १५ कठ्ठामा लगाएको उखुबारीमा आगलागी भएको हो ।
लम्की–६ का टोपे धामीले गहुँको नल जलाउन लगाएको आगो फैलिन गई उखुवारीमा आगलागी भएको हो। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ। उक्त खेतबारीमा रहेको उखु पूर्णरुपमा जलि अन्दाजी तीन लाख बरावरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।