गौरीगंगा नगरपालिका बनवेहडामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अत्तरिया, २४ बैशाख : हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा–६, वनवेहडाको आयोजनामा सुदूरपश्चिम् डेन्टल अस्पताल, इन्प्याक्ट नेपालको सहकार्य तथा गौरी गंगाला वडा नम्बर ६ को कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सुदूरपश्चिम् डेन्टल अस्पताल अत्तरिया र इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कानको १०३ तथा दाँतको १२० जना गरि शिविरमा ३१६ जनाले सेवा दिएका हुन ।
शिविरको प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर प्रमुखले देबिदत्त कडेँलले एक कार्यक्रमका बीच उद्घाटन गरे । नगर प्रमुखले स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर फाउन्डेसनले काम गरिरहेको बताउँदै जेष्ठ नागरिक तथा बालबालिकाहरु देशको गहना हुन उहाँहरुको संरक्षण कार्यमा संस्थाले बढी जोडदिनुपर्ने औल्याए । आगामी दिनहरूमा फाउन्डेसनले आयोजना गर्ने हरेक सामाजिक कार्यहरूमा सहकार्य गर्दै सहयोग गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि खप्तड छान्ना गाँउपालिका अध्यक्ष जयबहादुर रोकायाले निःशुल्क कान तथा दात जाँच शिविर फाउन्डेसनले आयोजना गरेर आफ्नो स्वास्थ अवस्था बारे सेवाग्राहीले थाहा पाउने भन्दै धन्यवाद ब्यक्त गरे ।
शिविरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने डेन्टलका डा.रोशन भट्टले बताए । उक्त अवसरमा वडा अध्यक्ष टेकबहादुर कुँवर, आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय, वडा सदस्यहरु, ईलाका प्रहरी कार्यालय प्रमुख, पुर्ब वडा अध्यक्ष कमला शर्मा, अमर माध्यमिक विद्यालय, कैलाली भिजन स्कुल, भैरब प्रावि विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । हेमा श्री फाउन्डेसन नेपाल सामाजिक क्षेत्रमा क्रियाशिल तथा बालबालिका, जेष्ठ नागरिक र अशक्त नागरिकहरुको संरक्षण गर्ने, उनीहरुको लागि पौरबी गर्ने सामाजिक संस्था हो ।
हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव चक्रजित रावलले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.