
अत्तरिया : डडेल्धुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु मङलबार विहान भूःस्वर्गका रुपमा रहेको खप्तड बाट फर्किएर डोटीको झिक्राना पुगेका छन् ।
पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधारु भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ का साइकल यात्री बिहान खप्तड बाट फर्किएर झिक्राना पुगेका हुन् । अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुटहुँदै ३ दिनमा खप्तड पुगेर तेहि रुट हुँदै फर्किएका हुन् ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रालि गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको थियो ।
डडेल्धुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २५ गते बिहान १० बजे झिक्राना पुगेर यात्राको समापन गरिएको थियो । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा लि काठमाडौका प्रमुख छिन्डुम मेनक्पा भोटेले साइकल यात्रीहरुलाई गाइड गरेका थिए ।
खप्तडको त्रिबेणीधाम पुगेका सहभागीहरु मध्यका सबै भन्दा कान्छा साइकल यात्री कंचनपुर महेन्द्रनगरका १४ वर्षिय रमित भट्टले भने आफुले आज भन्दा २ बर्ष अघि मेची महाकाली साइकल यात्रा गरि सकेको तर खप्तड साइकल यात्रा पहिलो रहेको , खप्तड को बारेमा जे सुनिएको थियो त्यो प्रत्येक्ष रुपमा देख्न पाउँदा खुसी भएको बताए ।
त्यस्तै साइकल यात्रामा सहभागी रहेका नवलपुर जिल्ला कावासुती सङ्गिता घलेले भनिन सुदूरपश्चिममा पर्यटनको थुप्रै सम्भावना रहेको छ । भु स्वर्गको रुपमा चिनिएको खप्तडमा अझै ब्यबस्थित हुन जरुरी छ , यहाँ आन्तरिक तथा बाहय पर्यटनहरु खप्तड पुग्दा बिरामि हुने हुदा उपचार केन्द्र, बस्नका लागि बासको ब्यबस्था भए अझ राम्रो हुने बताए । आफुले खप्तडमा विभिन्न थरिका गुराँस फुलेको, विभिन्न जातीका बन्यजन्तु देखेको, विभिन्न प्रजातिका बनस्पतिहरु देख्न पाएको, जादा साइकल चलाउन नमिल्ने ठाउँमस बोकेर लादाको दुख खप्तड पुगे पछि खुशिमा परिणत भएको बताए ।
अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरु सहभागी रहेका थिए । कार्यक्रमको समापन गर्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन , वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन इकाइ कायन्वयन इकाइका निमित्त प्रमुख डबल बहादुर बोहोराले सहभागीहरुलाइ धन्यवाद दिदै आगामी दिनहरुमा यस्ता पर्यटन बिकासका लागि सिर्जनात्मक काम गरि रहने , सुदूरपश्चिम प्रदेशलाइ पर्या पर्यटन बिकास गर्दै यहाँ रैथाने खाना , कला सस्कृतिक , प्राकृतिक , रहनसहन लाई प्रचारप्रसार गरि पर्यटन भित्र्याउने कार्यक्रम गर्ने बताए ।
