Agni Offset Press

गेटा अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशित

Aarati simant

अत्तरिया : गेटा अस्पतालले विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। अस्पतालले बैशाख २६ देखि २८ गतेसम्म लिएको विभिन्न सहायक स्तरको प्राविधिक पदको नतिजा प्रकाशित गरेको हो। यसअघि अस्पतालले गत चैत १४ देखि बैशाख ४ गतेसम्म स्टाफ नर्स लगायतका २६ सिटमा आवेदन दिन विज्ञापन खोलेको थियो।

अस्पतालले १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३÷३ जना तथा फिजियोथेरापी सहायक १ जनाका लागि आवेदन खुलाएर लिखित परीक्षा लिएको थियो।
प्रकाशित परीक्षा नतिजामा ३६ जना स्टाफ नर्स, ९ जना ल्याव टेक्निसियन, १३ जना हेल्थ असिस्टेन्ट, ९ जना फार्मेसी, ९ जन रेडियोग्राफी र ३ जना फिजियोथेरापीका उम्मेदवार लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

अस्पतालले उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता जेठ २ र ३ गते जनाएको छ। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका सक्कल प्रमाणपत्र लिएकक उम्मेदवारले अन्तर्वार्तामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.