अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा मंगलबार आजदेखि पि एफ ए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको पाँचौ सँस्करण सुरु भएको छ । १२ गतेसम्म चल्ने पिएफए भेट्रान्स कपको आज एक समारोहका बिच दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डम्बरबहादुर पालले उद्घाटन गरेका हुन् ।
पिएफए स्पोट्स क्लब अत्तरियाले आयोजना गरेको प्रतियोगितामा ९ ओटा टिम सहभागी रहेका छन् । यसअघि हरेक टिमले ३ जना खेलाडी अक्सन प्रणालीबाट खरिद गरिसकेका छन् । आज पहिलो खेल माइकिज क्याफे र गुलरिया बुल्सले खेलिरहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद , ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी म्यान अफ द सिरीज लाई १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट ब्याट्सम्यानलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलरलाई नगद ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्यक खेलका म्यान अफ द म्याचलाई एक हजार पाँच सय बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु टि २० फर्मेटमा टेनिस बलद्वारा खेलाइने छ । बनखेतस्थीत सशस्त्र प्रहरीको खेल मैदानमा जारीे प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ ।