अत्तरिया : कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका– ४ का ३२ वर्षीय निमेष लम्सालको धनगढीको सेती अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार उपचारका क्रममा उनको शनिवार मृत्यु भएको हो । उनी शुक्रवार बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका थिए ।
बिहानै घरबाट साइकल लिएर निस्केका उनी ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिकैको अस्पतालमा लगेका थिए । तर त्यहाँको अस्पतालले उनलाई रेफर गरेको थियो । त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतक स्वास्थ्यकर्मीसमेत थिए ।