अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले टिप्पर खरिद गरेको छ । मंगलबार नगरपालिकाले खरिद गरेको टिप्पर एक अनौपचारिक कार्यक्रमका बिच कम्पनीद्वारा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेको छ । अशोकले लेन्ड कम्पनीबाट भ्याटसहित ४५ लाख २० हजार रुपैँयामा टिप्पर खरिद गरिएको जनाईएको छ ।
टिप्पर खरिदका लागि नगरपालिकाले विद्युतीय बोलपत्र आह्वान गरेको थियो । नगरपालिकासंग यसअघि दुईओटा टिप्पर थियो ।
टिप्पर हस्तान्तरण कार्यक्रममा नगर प्रबक्ता गोपालदत्त भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मेकानिकल ईन्जिनियर लगायतको उपस्थिति रहेको थियो ।