Agni Offset Press

गोदावरी ४ बुढीतोलामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ११३ जनाले लिए सेवा

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को बुढीतोला आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। निःशुल्क स्वास्थ्य शिविरमा ११३ जनाले बिभिन्न रोगको चेकजाँच तथा परीक्षणको सेवा लिएका हुन।

नगरपालिकाले आयोजना गरेको आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार गरिएको हो ।
अत्तरियामा रहेको अत्तरिया हस्पिटल प्रालिको प्राविधिक सहयोगबाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन भएको जनाएको छ । अत्तरिया हस्पिटलका डाक्टर सुजन थापा ,डा. धनशेर जाग्री, आशिस बिष्ट, रोजी जोशी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमममा गोदावरी नगरपालिका वडा नं ४ वडा अध्यक्ष हेम प्रकाश मल्लले चुनाव र अन्य समयमा बोलेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै गएको बताए ।
गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका योगदान गर्दै आएका क्रियाकलाप बारे जानकारी गराउदै आगामी दिनमा पनि पालिकाको विगट बस्तीमा यस्तै स्वास्थ शिविर संचालन गर्ने कार्यक्रम रहेको जानकारि स्वास्थ्य शाखाका बिरबहादुर कुवरले बताए ।

अत्तरिया हस्पिटलद्वारा प्राबिधिक सहयोग गरेको स्वास्थ्य शिविरमा ६८ जनाले सुगरको चेकजाँच गरेका छन, शिविरमै मलेरिया, अल्ट्रासाउण्ड, महिलाहरुको पाठेघरको मुखको क्यान्सर ९स्किक्रिन सेवा० परीक्षण लगायत सेवा उपलब्ध गराएको जानकारी गोदावरी नगरपालिका स्वास्थ्य शाखाका विर ब. कुवरले बताएका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.