Agni Offset Press

शिक्षक अभिभावक संघ र विद्यार्थीको परिचयात्मक कार्यक्रम

विज्ञान विषय विकास योजना निर्माण

Aarati simant

जगदीश रोकाया
बझाङ : बझाङको ऐतिहासिक सत्यवादी माध्यमिक विद्यालयमा नव गठित शिक्षक अभिभावक संघ र त्यहाँ पढ्ने विद्यार्थीहरू बीच सोमबार परिचयात्मक कार्यक्रम गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिक्षाप्रमी जोशीको अध्यक्षतामा गरिएको परिचयात्मक कार्यक्रममा शिक्षक अभिभावक संघका नौ जना पदाधिकारी, विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्का लगायत पदाधिकारी, प्रअ लगायत विद्यालयका शिक्षक साथै त्यहाँ अध्ययनरत झण्डै अठार सय विद्यालयहरूको सहभागीता रहेको थियो । विद्यालयको प्राथाना समयमा भयको परिचयात्मक कार्यक्रममा शिक्षक अभिभावक संघका पदाधिकारीहरूले आफ्नो परिचय दिदै विद्यालयको शैक्षिक सुधारका लागि सबै अभिभावकहरू सक्रिय भएर लाग्ने र विद्यार्थीहरूले अनुशासित भएर पठनपाठन गरी शिक्षकहरूले प्रभावकारी शिक्षण सिकाइ गरि सत्यवादी माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना विद्यालयका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारले पनि सत्यवादी माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा लिई भौतिक पूर्वाधार साथै शैक्षिक सामग्रीको नयाँ प्रविधिको उपयोग गरि विद्यार्थीहरूको गुणस्तरीय पढाइ सुधार गर्ने लक्ष्य लिएको हुदाँ सरकारको योजनालाई सफल पार्न सबैको उत्तिकै भुमिका रहेको जोड दिएका छन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य ललितबहादुर सिंहले विद्यालय देशकै ऐतिहासिक विद्यालय भएका कारण पछिल्लो समय यसको केही साख कमजोर भएकोले अबका दिनमा यो विद्यालयलाई देशकै नमुना विद्यालय बनाउनुपर्ने बताए । उनले भने यो विद्यालयमा अहिले पुराना संरचना भत्काएर सुबिधा सम्मपन्न भौतिक संरचना निर्माण भैरहेका हुँदा बिद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाएर यस विद्यालयमा पढ्ने विद्यार्थीहरू देशकै अब्बल बिद्यार्थी बनाउनु पर्नेमा जोड दिए ।
सत्यवादी माध्यमिक विद्यालयमा अहिले प्रअ खगेन्द्र प्रसाद जोशी, बिद्यालय ब्यावस्थापन समितिमा नरेन्द्र खड्का अध्यक्ष र शिक्षक अभिभावक संघमा शिक्षाप्रेमी जोशी को नेतृत्वमा गठन भएपछि विद्यालयको सम्रग शैक्षिक सुधार साथै अन्य ब्यावस्थापकीय पक्षमा सुधार गरि सत्यवादी माध्यमिक विद्यालयलाई शैक्षिक क्षेत्रको नमुना विद्यालयका रूपमा स्थापना गर्न विभिन्न गतिविधि तथा पहलहरू भैरहेका छन् ।
भेला भएको विद्यालय ब्यावस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त भेलाले विद्यालय र विद्यार्थीको शैक्षिक सुधारका लागि विज्ञान विषय विकास योजना पनि निर्माण गरिएको छ । सत्यवादी माविमा अहिले शिक्षकहरूको नियमितता, विद्यार्थीहरूको अनुशासन र अभिभावकहरूको सक्रियता भएर विगतका कमजोर पक्षहरू सुधार गरि विद्यालयले सम्रग क्षेत्रमा उन्नति प्रगति हुँदै गएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.