अत्तरिया, १४ असार: कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ५ मा रहेको कञ्चनजंगा ईङ्लिस माध्यामिक विद्यालय कृष्णपुरबाट एसइई परीक्षामा चेतराज विष्टले ४ जीपिए ल्याएका छन् । विष्ट सहित कञ्चनपुरमा २ जनाले मात्र ४ जीपिए ल्याएका हुन् । बिहिबार सार्वजनिक भएको यस बर्षको एसइईको नतिजामा कञ्चनजंगाबाट ८ जनाले ए पलस ल्याएका हुन् । २३ जनाले ए ग्रिड ल्याएको विद्यालयका संस्थापक अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए । यस्तै गरी २९ जनाले बि पलस, ९ जनाले बी ग्रेड र ३२ जन ग्रिड बृद्धिमा परेका छन् । अध्यक्ष ओझाका अनुसार यस बर्ष १ सय २ जना विद्यार्थीहरु सहभागि भएका थिए ।
२०४९ सालमा स्थापना भएको यो विद्यालय निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।
सम्बन्धित पाेस्टहरु