
अत्तरिया : नेपाल ट्रेड युनियन कांग्रेसको चुरे गाउँपालिका अन्तर्गत सर्वसहमतिका रुपमा अध्यक्षमा लक्ष्मीराज भट्ट निर्वाचित भएका छन् । चुरेमा भएको दोस्रो पालिका अधिवेशनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा निर्मला देवि ओझा र चम्फा बम निर्वाचित भएका छन भने सचिवमा बोध शाह, सह सचिवमा धन बहादुर कलेल निर्वाचित भएका छन । त्यसैगरी कोषाध्यक्षमा भिम बहादुर चन्द, सदस्यमा यज्ञ प्रसाद पाण्डेय, नरेश धामी, योगेन्द्र क्षेडाल र प्रकाश देउवा निर्वाचित भएका छन ।
नेपाल ट्रेड युनियन कांग्रेस चुरे गाउँपालिकालाई आवश्यक सल्लाह, सुझाव र परामर्शका लागि तीन सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । संयोजकमा ईन्द्र राज भण्डारी रहेका छन भने सदस्यहरुमा उत्तम साउद, दुर्गा रिजाल र पदम साउद रहेका छन ।
