होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा : रेग्मी

अत्तरिया : होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र रेग्मी सर्वसम्मत चयन भएका छन् । शनिबार महेन्द्रनगरमा सम्पन्न संघको २७ औँ वार्षिक साधारण सभा तथा १६ औँ जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, प्रशासन उपाध्यक्षमा आत्माराम खनाल र पर्यटन उपाध्यक्षमा कैलाश कार्की पनि सर्वसम्मत चयन भएका छन् । महासचिवमा नवराज जोशी, सचिवमा डम्बर बहादुर खड्का, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन् ।
सदस्यहरूमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धन बहादुर रावत, गौरव भट्ट, सञ्जय कुमार भट्ट, रमेश बहादुर रावल र तपेन्द्र कुमार रोकायालाई सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत शिवराज पाण्डेयले जानकारी दिए ।
निवर्तमान अध्यक्ष दोस्रो वरियता क्रममा हुने व्यवस्था अनुसार निवर्तमान अध्यक्ष जगदीशचन्द्र भट्ट पनि कार्यसमितिमा रहनेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.