अत्तरिया : श्रीएयरलाइन्सको विमान उडानका क्रममा एयरहोस्टेजमाथि दुर्व्यवहार गरेका गोदावरीका शिवराज ओझाले मन लागेर जिस्काएको प्रहरीको वयानमा बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १७ वर्षीय ओझाले प्रहरीलाई बयान दिदै जिस्काउने मन लाग्यो त्यसैले जिस्काइदिएको हुँ भनेका छन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले सोधपुछका क्रममा युवकले मन लागेकाले जिस्काएको बयान दिएको बताए ।
उनकाअनुसार श्रीएयरलाइन्सले आफ्नो एयरहोस्टेजमाथि दुर्व्यवहार गर्ने ओझालाई कारवाहीको माग गर्दै निवेदन दिएको छ । पक्राउ परेका उनी नाबालक हुन् ।
प्रहरीले किटानी जाहेरी नै मागेको छ । प्रहरीकाअनुसार ओझाले विमानभित्र सिट बेल्ट नबाँध्नेदेखि एयरहोस्टेजलाई जिस्काएर अवरोध सिर्जना गरेका थिए ।