Agni Offset Press

१२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

Aarati simant

काठमाडौँ : अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो ।

आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ ।

संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए । तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए ।

‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो । हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन्। हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने । आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.