Agni Offset Press

एनसेलको नेटवर्कमा समस्या

Aarati simant

काठमाण्डौँ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसो ३स् बजेर ४८ मिने देखि समस्या देखिएको कम्पनीले जनाएको छ । एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ ।

कम्पनीले यसबारे जानकारी दिँदै तत्काल समाधानका लागि काम गरिरहेको बताएको छ । एनसेलले नेटवर्कमा समस्या आएको जानकारी दिँदै भनेको छ , “आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौँ ।

यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ र अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.