Agni Offset Press

म प्रधानमन्त्री बन्ने सम्भावना छैन : परराष्ट्रमन्त्री आरजुराणा देउवा

Aarati simant

अत्तरिया : परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएकी छन् । आज प्रेस युनियनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘सरकार अस्थिर हुँदा विकासले गति लिन सकेन् । जनताका समृद्धिको चाहाना पूरा हुन सकेनन् । धेरै युवा विदेश पलायन भए’, उनले भनिन् ‘यो सबै कुरालाई मध्यनजर गर्दै साच्चिकै विकासको लक्ष्यमा पुग्न सक्ने लामो समय चल्ने सरकारको परिकल्पना गरेर यो गठबन्धन बनेको हो ।’ यस्तै पत्रकारको प्रश्नमा राणाले अबको प्रधानमन्त्री आफू नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएको बताईन ।
‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो। प्रधानमन्त्री भन्ने कुरा त्यो पहिले संसदीय दल नेता हुनुपर्‍यो। बाहिरबाट हेर्दा एउटा देखिएला, पार्टीभित्र मेरो आफ्नो हैसियत कति हो मलाई थाहा छ, राम्रो कल्पना हो,’ आरजुले भनिन्। महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्तिलाई भने उनले सकारात्मक भन्दै धन्यवाद दिएकी छन्।

‘म प्रधानमन्त्री ओलीजीलाई धन्यवाद दिन चाहन्छु। तर त्यो कुरा मेरा लागि भन्नु भएको जस्तो लाग्दैन। उहाँले आफ्नो पार्टीको कोही उम्मेदवार हुन सक्छ भन्नु भएको होला,’ उनले भनिन्, ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवाजी हो।’ उनले प्रधानमन्त्री बन्नुअघि संसदीय दल नेता हुनुपर्ने कुरा पनि उल्लेख गरेकी थिइन्। २०७९ पुस ६ गते भएको संसदीय दल नेता निर्वाचनमा गगन थापालाई हराएर शेरबहादुर देउवा संसदीय दल नेता बनेका थिए।

गत असार १७ गते देउवा र ओलीबीच भएको ७ बुँदे सहमतिमा पनि दुई वर्ष ओली र त्यसपछि चुनाव गराउने गरी डेढ वर्ष शेरबहादुर प्रधानमन्त्री बन्ने सहमति छ। त्यसतर्फ लक्षित गर्दै परराष्ट्रमन्त्री आरजुले अब शेरबहादुर नै प्रधानमन्त्री बन्ने बताइन्। प्रधानमन्त्री ओलीले काठमाडौंमा भएको युथ कन्क्लेभमा बोल्दै महिलालाई प्रधानमन्त्री बनाउन आफूले चाहेको अभिव्यक्ति दिएका थिए। कतिपयले ओलीको अभिव्यक्ति आरजु लक्षित हो भन्ने व्याख्या गरेकोमा आरजुले नै खण्डन गरेकी छन्।

आरजु प्रतिनिधि सभा सदस्य र कांग्रेस केन्द्रीय पनि सदस्य छिन्। उनले काग्रेस-एमालेबीच सत्ता सहकार्यले २०८४ सम्म नै निरन्तरता पाउने बताइन्। ‘पहिलाको दुई वर्ष ओलीजीले नेतृत्व गर्ने र बाँकी शेरबहादुरजीले लिड गर्ने हो,’ यो सहमति पहिला नै सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले भनिन्। उनले के-के काम गर्न कांग्रेस(एमालेले सरकार बनाएको भन्ने पनि सात बुँदे सहमतिमै प्रष्ट खुलाइएको बताइन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.