अत्तरिया १३ भदौ : गोदावरी नगरपालिका अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्र्षीक साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार एक कार्यक्रमका बीच संस्थाको आर्थिक बर्ष २०८०\०८१ को बार्षीक प्रतिबेदन, आयब्याय र आगामी योजना तथा गतिविधिहरु प्रस्तुत गर्दै साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । प्रमुख अतिथि भट्टले आजको समयमा गोदावरी नगरपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुको कारणले नागरिकहरुलाई उल्लेखनीय सहयोग पुगाएको अवस्था रहेको बताए ।
सहकारी एक व्यक्तिले अर्को व्यक्तिलाई सहयोग गर्ने उद्देश्यका साथसाथै व्यापार व्यवसायीहरुलाई फस्टाउन उनीहरुको जीविकोपार्जन गर्न सहज तरिकाले सहकारीले निरन्तरता दिँदै आइरहेको बताए । नगरप्रमुख भट्टले अपि सैपाल सहकारीका बारेमा बजारमा नकारात्मक भ्रम फैलाएर बदनाम गर्न खोजेको समेत बताए । सहकारीको बारेमा बजारमा हल्ला सुनेपछि नगरपालिकाले पनि नियमन गर्न खोजेको उनको भनाई छ । ‘सहकारीहरुको नियमन गर्ने काम पनि स्थानीय सरकारले गर्ने गर्दछ । यसमा गलत अफवाह फैलाएर संस्थालाई बदनाम गर्ने काम भएको देखिन्छ’, उनले भने ।
सहकारी संस्थाहरुले नागरिकहरुलाई उल्लेखनीय सहयोग पुगाएको छ : नगरप्रमुख भट्ट
व्यक्तिगत स्वार्थका लागि एक अर्काकापछि लागे यहाँको विकास गर्न समस्या हुने बताउदै उनले त्यस्तो विषयमा सबैले संवेदनशिल हुन आवश्यक रहेको बताए । गोदावरी नगरपालिका अन्तर्गत सहकारीले नगरवासीहरुको जीवनस्तर अगाडि बढाउँदै जाँदा यसमा थप सहयोगका लागी आफ्नो व्यक्तिगत साथै नगरपालिका सहकारीको सदैव साथमा रहने प्रतिबद्धता समेत उनले गरे ।
सभामा संस्थाको वार्र्षीक प्रतिवेदन प्रस्तुत कोषाध्यक्ष भरतबहादुर खत्रीले गरेका थिए । प्रतिवेदन अनुसार सानो पुजीँवाट स्थापना भएको सहकारी संस्था संस्थाको प्रत्येक बर्ष शेयर सदस्य र पुुजीँ बढ्दै जाने क्रममा आ व ०८०\०८१ मा आइपुग्दा संस्थाको कुल शेयर सदस्य ३ हजार १५ जना रहे सँगै शेयर पुजीँ १ करोड ४५ लाख ६७ हजार सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक बर्ष २०८०\०८१ को मसान्त सम्ममा ६ करोड ८६ लाख २४ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले आर्थिक वर्षमा सम्पूर्ण खर्चहरु कटाएर १४ लाख १५ हजार २६० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्तै आ व २०८१ मसान्त सम्ममा संस्थाले निक्षेप तर्फ ४ करोड ५० लाख ६९ हजार ९९७ रुपैयाँ बराबरको बचत रकम संकलन रहेकोमा ५ करोड ९८ लाख ७६ ह्जार ९२४ रुपैया ऋणमा लगानी गरेको छ । यस्तै संस्थाको बैंक मौज्दात २७ लाख ७१ हजार ५६४ रुपैया र नगद मौज्दात ९ लाख २ हजार ३५८ रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
६ करोड बराबरको आर्थिक कारोबार
संस्थाका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा भएको हो । अध्यक्ष रोकायले भने । ‘संस्थाको बारेमा फैलिएको बजारमा नकारात्मक भ्रमलाई प्रस्ट्याउँदै संस्थाले फाइदा कमाएको छ घाटामा छैन र फाइदामा भएको संस्था डुब्ने सम्भब हुँदैन संस्था सुरक्षित नै छ ।’ वास्तविकता बजार र मिडियामा आएको भन्दा फरक रहेको उनले बताए । ‘१५ बर्ष पुरानो संस्था हो र यो सबैको संस्था पनि हो । बाहिर बजारमा हल्ला गरिए जस्तो अवस्था होइन । त्यसैले अरु कुरा भन्दा पनि बचतकर्ताको पैसा सबै सुरक्षित नै छ’ भनेर भने ।
बचतकर्ताको पैसा सबै सुरक्षित छ : अध्यक्ष रोकाया
यस्तै उनले कतिपय कुरामा बचतकर्ता स्वयं सजग बन्नुपर्ने उनले बताए । संस्थाको नाममा झुटो आरोप बजारमा भ्रम फैलाएर संस्था डुब्ने वाला नरहेको उनले बताए । ‘यदि डर लाग्छ भने यस संस्थामा पैसा जम्मा नगर्नु होस् जम्मा गर्ने नै हो भन्ने ढुक्क भएर आउनुहोस् त्यसको ग्यारेन्टी हामी लिन्छौ’ भनेर भने । ‘यो हाम्रो जिम्मेवारी संस्था हो । संस्थाको करोडौं कारोबार हुन्छ । संस्थामा कानुन सल्लाहकार छ कानुनको संस्था भरमा चल्छ सहकारीले ठगेको हैन व्यक्तिले ठगेको हो । व्यक्तिगत जिम्मेवार सहकारी हुने वाला छैन ।’ संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा रेमिटान्स, हिमाल रेमिटान्स, प्रभु मनि ट्रान्स वइस्र्टन मनि ट्रन्स संग सम्झौता गर्दै सेवा सुचारु गर्दै आइरहेको छ । उक्त सस्थाले सहकारीमा आबद्ध शेयर सदस्य तथा आबद्ध बचत कर्ता तथा ऋण लाइ सहज र छिटो छरितो सेवादीने उदेश्यले सेवा केन्द्र खानिडाँडामा पनि सफटवयर संञ्चालन गरी वानलाइनबाट सेवा प्रदान गरिरहेको छ ।
संस्थाका उपाध्यक्ष बालकृष्ण पर्साइको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज शर्माले गरेका थिए । यस्तै विशिष्ठ अतिथि नगर प्रवक्ता गोपालदत्त भट्ट, संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष मेघराज भट्ट, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष नैमुदिन भाट रहेका थिए ।