गोदावरी नगरका ३ जना फरार प्रतिवादी पक्राउ

अत्तरिया : कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.