गोदावरी वनखेतमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

अत्तरिया : कैलालीमा एक सामुदायिक वनबाट तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेका ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी–१ का ३३ वर्षीय रतन चौधरी, ४८ वर्षीय मानबहादुर ऐर र दाङ घोराहीका ५२ वर्षीय सुनिल बुढामगर रहेका छन्। २१ हजार ८८० रुपैँया र एक थान ताससहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.