धनगढी : धनगढीमा रहेको चैतन्य पाठशालाले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा चैतन्य तीज उत्सव तथा आमा तीज नृत्य प्रतियोगिता २०८१ कार्यक्रम सम्पन्न भएको छ ।
तीजको अवसरमा चैतन्य पाठशालाद्वारा आयोजित तीज उत्सव कार्यक्रममा आमा तिज समूहको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रथम सपना पौडेल, दोस्रो झरना बिस्ट र तृतीय कल्पना साउद भएकी थिईन भने रुपाली थापा, सम्बृद्धी बोगटी, सुनिता साउद, छाँया खत्री, बेदना रावल लक्ष्मि गिरी, ले सान्तोवना भएकी हुन । उनीहरुले तीजका विभिन्न गितमा गितमा तथा नृत्य गरेका थिए ।
कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष डम्बर सिहँको अध्यक्षतामा भएको थियो । कार्यक्रममा धनगढी उप महानगरपालिकाकी उप मेयर कन्दकला रानाले महिलाहरुको महान चाड हरितालीका तीज कार्यक्रमले महिला शसक्तिकरणको सन्देश दिएको बताए । अझै महिलाहरुलाई जती हक अधिकार पाउनुपने त्यो पाउन नसेकको उनको भनाई रहेको थियो । कार्यक्रममा पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिहँले कला, संस्कृति जोगाउँने हामी सबैको दाहित्व रहेको र चैतन्य सदैब साथमा रहेको बताए ।
प्रतिस्पर्धात्मक नत्य तथा गीतको निर्णायक समितिले मूल्यांंकन गरेका थिए । कार्यक्रममा प्रथमलाई ५ हजार दितीयलाई ३ हजार र तृतियलाई २ हजार नगद पुरस्कार प्रदान गरियको थियो । तिजको उपलक्ष्यमा पाठशालाले २०८१ तीज विशेष कार्यक्रमा दर समेत खुवाएको थियो । । पाठशालाले हरेक बर्ष तीज विशेष कार्यक्रम गर्दै आएको छ ।