धनगढीका सर्वाधिक रक्तदाता दिपक उपाध्याय सम्मानित

अत्तरिया : नेपाल औसधी ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता दिपक उपाध्याय सम्मानित भएका छन् । नेपाल औसधी ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन ।

उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन । उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औसधि ब्यबस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन । कार्यक्रममा उपाध्याय संगै स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्ति सम्मानित भएका छन ।

उपाध्यायलाई प्रदान गरिएको सम्मान पत्रमा रक्तदान जीवनदान भन्ने मुल मन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वस्स्फुर्त रुपमा हालसम्म १०६ पटक रक्तदान गर्नुका साथै रक्तदानको बिषयलाई सामाजिकरण एबम जागरण गराउने कार्यमा यहाँले पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत निरन्तर सेवा गरिरहनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो सम्मान पत्र प्रदान गरिएको छु । भनिएको छ । नेपाल औसधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको दुई बर्षे कार्यकालका लागि आज निर्वाचन हुदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.