अत्तरिया, १८ भदौ : नेपाली कांग्रेस गोदावरी नगरले स्वर्गीय पन्तको परिवारलाई आर्थिक सहयोग गरेको छ । गोदावरी नगरपालिका–३ का स्वर्गीय नवराज पन्तको परिवारलाई नगरकार्य समितिले आर्थिक सहयोग प्रदान गरेको हो ।
नगरकार्यसमिति अन्तरगतको उद्धार समितिले मंगलबार मृतक पन्तको घरमै गएर परिवारलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । उक्त सहयोग रकम मृतक पन्तका परिवारलाई कांग्रेसका नगर कार्यसमिति सभापति विरबहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, उद्धार समिति संयोजक प्रेम कुमाल, नगर सचिव योगेश भट्ट, कांग्रेसको गोदावरी–३ का उपसभापति बेदप्रकाश पाण्डेय, टोल सभापति दुर्गादत्त भट्ट लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
उपचारका लागि भारतमा गएका पन्तको भारतमै निधन भएको थियो । आर्थिक अभावका कारण शव ल्याउन नसकिदा भारतमा निधन भएका पन्तको उतै दाहसंस्कार गरिएको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । परिवारले आफन्तहरुको सहयोगमा भारतमै पन्तको दाहसंस्कार गरेका थिए । स्वर्गिय पन्तको क्रियाखर्च वाफत कांग्रेस गोदावरीको उद्धार समितिले सहयोग गरेको सचिव योगेश भट्टले बताए ।
पन्तको ४ जनाको परिवार रहेको र आम्दानीको स्रोत केही नभएको बताईएको छ । नगरकार्यसमितिले ‘जसको कोहि छैन, उसको नेपाली कांग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग गर्ने काम गर्दै आईरहेको छ ।
सम्बन्धित पाेस्टहरु