Agni Offset Press

सरकारलाई बालेनको चुनौती : म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ

Aarati simant

काठमाण्डौँ : महानगरपालिकाका मेयर बालेन शाहले आफूले लेखेको फेसबुक स्टाटस हट्नुको दोष सरकारलाई लगाएका छन् । केही दिनअघि शाहले फेसबुकमा लेखेको स्टाटस आफैँ हटेको थियो । उक्त स्टाटसमा उनले एमालेकी बागमती प्रदेश सभा सदस्य एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका थिए ।

धेरैजनाले रिपोर्ट गरेपछि उक्त पोस्ट हटेको भन्दै बालेनले मंगलबार सामाजिक सञ्जालमा अर्को स्टाटस लेखेर कि आफूलाई दोषी प्रमाणित गर्न, नभए वास्तविक दोषी समाउन चेतावनी दिएका हुन् । उनले भनेका छन्,’ पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।‘ सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.